


दमाैली । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएको छ । निर्वाचन प्रक्रिया अन्तर्गत तनहुँबाट उम्मेदवारी दिएका कसैले पनि उम्मेदवारी फिर्ता लिएनन् ।
अन्तिम नामावली प्रकाशित हुँदा तनहुँबाट उम्मेदवारी दिएका सबैको नाम समावेश छ । महामन्त्रीमा प्रदीप पौडेल, खुल्लातर्फ केन्द्रीय सदस्यमा आनन्दराज त्रिपाठी, गोविन्द भट्टराई, शङ्कर भण्डारी र दीपक भट्टराईको उम्मेदवारी परेको छ ।
गण्डकी प्रदेशबाट धु्रव वाग्ले, अपाङ्गतातर्फ प्रकाश पन्थ, दलिततर्फ डोवाटे विक, जनजातितर्फ पूर्णबहादुर गुरुङ, खसआर्य महिला चिनु पोखरेल र खसआर्य पुरुषतर्फ रामचन्द्र पोखरेलको उम्मेदवारी छ ।
नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान हुँदैछ ।