दमाैली । जिल्ला प्रशासन कार्यालय तनहुँले डुम्रे बजारमा सञ्चालित दुई पसललाई जरीवाना गरेको छ । केही दिन अगाडी अनुगमनका क्रममा अखाद्य वस्तु विक्री गरेको भेटिएपछि प्रशासन कार्यालयले एक बेकरी उद्योग र एक मिष्ठान्न भण्डारलाई जरीवाना गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले रजनीस बेकरी उद्योग र कृष्ण मिष्ठान्न भण्डारलाई आइतबार रु पाँच÷पाँच हजार जरीवाना गरिएको जानकारी दिए । जरीवानापश्चात् दुई पसल आजैबाट सञ्चालनमा आएको छ । “दुवै सञ्चालकले सुध्रिने प्रतिबद्धता गरेकाले पसल खोल्न अनुमति दिएका छौ, पहिलो पटक भएकाले न्यूनतम जरीवाना गरेका हौ,” उनले भने ।