च्याम्पियन्स लिग : नकआउट चरणमा मेसी र रोनाल्डो भिड्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    च्याम्पियन्स लिग : नकआउट चरणमा मेसी र रोनाल्डो भिड्ने

    खबरपुञ्ज संवाददाता

    २६ मंसिर २०७८, सोमबार

    काठमाडौं । च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा लिओनल मेसी र क्रिष्टियानो रोनाल्डो भिड्ने भएका छन् ।

    सोमबार भएको ड्रमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले म्यानचेष्टर युनाइटेड प्रतिद्वन्द्वी पाएको हो । पीएसजीमा मेसी छन् भने युनाइटेडमा रोनाल्डो ।

    साबिकको विजेता चेल्सीले लिलेसँग खेल्नेछ भने रियल मड्रिडले बेन्फिाका, म्यानचेष्टर सिटीले भिल्लारियल तथा बार्यन म्युनिखले एथ्लेटिको मड्रिड प्रतिद्वन्द्वी पाएको छ । यस्तै लिभरपुलले साज्लबर्ग, इन्टरले आयाक्स तथा युभेन्टसले स्पोर्टिङ सीपीसँग खेल्ने भएको छ ।