धिरज राइ र छिरिङ भुटियाको साथमा छमछमी नाचे दर्शकहरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    धिरज राइ र छिरिङ भुटियाको साथमा छमछमी नाचे दर्शकहरु

    खबरपुञ्ज संवाददाता

    २६ मंसिर २०७८, सोमबार

    दमाैली । प्रथम दमौली पाटन सांस्कृतिक एवं पर्यटन महोत्सवको चौथो दिन सोमबार चर्चित गायक धिराज राई र छिरिङ भुटियासँग दर्शकहरु नाँचेका छन । राई र भुटिया मन्चमा पुग्दा दर्शकहरु निकै हौसिएका थिए ।

    उनीहरुले चर्चित गीतहरु गाएर दर्शकलाई नचाएका थिए । राई र भुटियासँगै सजना बास्तोला, अनुराग थापाले पनि आफ्ना चर्चित गीतहरु गाएका थिए । विन खातीको उद्घोषले कार्यक्रमको रोनक बढाएको थियो । ती कलाकारहरुले गीत गाउँदा दर्शकहरु वान्स मोर भन्दै उफ्रिएका थिए ।

    पाटन युवा क्लबका अध्यक्ष अमर थापाले चौथो दिन पनि दर्शकको आकर्षण उल्लेखनीय रहेको बताए । तीन हजार दर्शकले महोत्सवको अवलोकन गरेको जानकारी उनले दिए । न्यानो कपडा, होटल, जुत्ता र खानाका स्टलहरुमा दर्शकको उल्लेख्य सहभागिता रहेको जानकारी उनले दिए ।

    दुई हजार ५ सय भन्दा बढी व्यक्तिहरुले मादी नदी डुंगामा वारपार गरेको उनले बताए । ¥याफ्टिङको मजा लिनेको दिनभर घुइचो लागेको महोत्सवका संयोजक पवन चुमी थापा मगरले बताए ।

    महोत्सव स्थलमा वैदेशिक रोजगार विभागले परामर्श सेवा समेत दिएको छ । सामी परियोजना अन्तर्गत वैदेशिक रोजगारमा जानेहरुका लागि परामर्श दिने काम भइरहेको हो । सिटी अस्पतालले निःशुल्क स्वास्थ्य शिविर समेत संचालन गरेको प्रचारप्रसार समितिका संयोजक अर्जुनकुमार श्रेष्ठले बताए । च्याउको मःमः, बोटेको ऐतिहासिक घर, पराशर माविका विद्यार्थीहरुले निर्माण गरेको विज्ञान सामग्री दर्शकको आकर्षण बन्दै गएको बताइएको छ ।

    महोत्सवमा भोलिको आकर्षण

    मंगलबार प्रथम दमौली पाटन सांस्कृतिक महोत्सवमा राष्ट्रिय कलाकार एलिना चौहान आउने भएकी छन । चर्चित कलाकार चौहान मंगलबार दिउसो महोत्सव स्थलमा आइपुग्ने आयोजकले जनाएको छ । राष्ट्रिय गायिका चौहानसँगै पोखराका गायककार कृष्ण सुवेदीले समेत दर्शकलाई भरपुर मनोरञ्जन दिने पाटन युवा क्लबका अध्यक्ष अमर थापाले बताए । उनीहरुको साथमा स्थानीय कलाकार संजीवसिह राना लगायतकाले गीत गाउने गायक एवं कार्यक्रम संचालक विन खातीले बताए ।