दमाैली । तनहुँको म्याग्दे गाउँपालिका–५ छाङपाटनमा टिप्परको ठक्करबाट साेमबार साँझ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ३३ वर्षीय मङ्गल कुमाल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
छाङबाट खैरेनीटारतर्फ माटो लिएर आउँदै गरेको ग १ क २९१५ नम्बरको टिप्परले बाटो काट्ने क्रममा ठक्कर दिँदा कुमालको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए ।
घटनालगत्तै स्थानीयवासीले खबर गरेपछि इलाका प्रहरी कार्यालय बेलचौताराबाट प्रहरी निरीक्षक ज्ञानबहादुर खड्का र भिमादबाट प्रहरी नायब निरीक्षक सुरज सदाशङ्करको टोली घटनास्थल पुगेको थियो । टिप्पर चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।