मुटुमा समस्या आएपछि अगुइरोले सन्यास लिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    मुटुमा समस्या आएपछि अगुइरोले सन्यास लिए

    खबरपुञ्ज संवाददाता

    २८ मंसिर २०७८, बुधबार

    एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर सर्जियो अगुइरोले खेल जीवनबाट सन्न्यासको घोषणा गरेका छन् । उनले मुटुको समस्याका कारण बुधबारबाट सन्न्यास लिने घोषणा गरेका हुन् ।

    ३३ वर्षीय अगुइरोले बार्सिलोनका लागि पछिल्लोपटक ३० अक्टोबरमा अल्भेसविरुद्ध खेलेका थिए । छातीमा समस्या देखिएपछि उनको स्थानमा खेलाडी परिवर्तन गरिएको थियो ।

    अगुइरो इंग्लिस क्लब म्यानचेस्टर सिटीमा १० वर्ष बिताएर यही सिजन स्पेन आएका हुन् । उनले बार्सिलोनासँग दुई वर्षे सम्झौता गरेका थिए । 

    सिटीका लागि ३९० खेलमा २६० गोल गरेका अगुइरो क्लबका सर्वाधिक गोलकर्ता हुन् । उनले सिटीमा रहँदा मुख्य १५ उपाधि जितेका थिए ।