दमौली । तनहुँको म्याग्दे गाउँपालिका-४ स्थित आदर्श नमूना क्लवले देउसीभैलो खेलेर संकलित रकमले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ।
सोही वडामा रहेको पार्वती आधारभूत विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको क्लवका अध्यक्ष गौरवराज रानाले जानकारी दिए । उनका अनुसार दश विद्यार्थीलाई दश हजार बराबरको न्यानो कपडा वितरण गरिएको छ।
“देउसी खेलेर संकिलत रकम सामाजिक काममा लगाउने उद्धेश्य क्लवले राखेको छ,” रानाले भने, “विगतमा पनि क्लवले सामाजिक काम गर्दै आएको छ ।”
विद्यालयका प्रधानाध्यापक सागर आचार्यले न्यानो कपडा पाएपछि विद्यार्थीलाई विद्यालय आउन सहज हुने बताए । क्लवका सचिव सलन थापाले केही दिन अगाडी मात्रै मुटुरोगीलाई देउसीबाटै उठेको पॉच हजार सहयोग गरिएको थियो । उक्त कार्यक्रममा फोरआर कन्स्ट्रक्सनका प्रोपाइटर रमेश अधिकारी पनि सहभागी थिए ।