लकडाउन अघि प्राप्त मागपत्र कार्यन्वयन गर्न ६ महिनाको म्याद थप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    लकडाउन अघि प्राप्त मागपत्र कार्यन्वयन गर्न ६ महिनाको म्याद थप

    खबरपुञ्ज संवाददाता

    २० पुष २०७८, बुधबार

    काठमाडाै । सरकारले रोजगारदाता मुलुकबाट २०७६ फागुनअघि वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउन प्राप्त भएका मागपत्र कार्यन्वयनका लागि ६ महिनाको म्याद दिएको छ । कोरोना
    भाइरस महामारी अघि प्राप्त भएका डिमान्ड पुन: प्रमाणिकरण गर्न खर्चिलो, झन्झटिलो र असम्भव प्राय भएकोले व्यवहारिक कठिनाइका कारण ६ महिना कामदार पठाउन पाउने गरि म्याद थप गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।

    २०७६ फागुनअघि प्राप्त भएका मागपत्र कार्यन्वयनका लागि २०७८ मंसिर २२ देखि २०७९ जेठ २१ सम्म कायम रहने गरी ६ महिना म्याद थप गरिएको हो । सरकारको यो निर्णयसँग कोरोना भाइरस
    महामारीका कारण गरिएको लकडाउन अघि प्राप्त भएका ३० हजार बढी मागपत्र कार्यन्वयन हुनेछ । वैदेशिक रोजगारी सम्वन्धी मागपत्र जाँचबुझ निर्देशिका २०७५ अनुसार निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

    कोरोना भाइरस महामारीका कारण सरकारले २०७६ फागुन २६ गतेबाट वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउन रोक लगाइको थियो । अहिले अन्तर्राष्ट्रिय उडान संचालन भइरहेको तथा
    रोजगारदाता मुलुकबाट श्रमिकको माग भइ आएकोले पहिले नै प्राप्त भएका माग पत्र अनुरुप श्रमिक पठाउन ६ महिनाको म्याद थप गरिएको हो ।