देवघाटमा व्याडमिन्टन प्रशिक्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    देवघाटमा व्याडमिन्टन प्रशिक्षण

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    देवघाट । तनहुँको देवघाट गाउँपालिकामा व्याडमिन्टन प्रशिक्षण सञ्चालन गरिएको छ । देवघाट व्याडमिन्टन सङ्घले दुई दिने प्रशिक्षण सञ्चालन गरेको हो ।

    प्रशिक्षणको समापन गर्दै गाउँपालिकाका प्रवक्ता यालबहादुर गुरुङले खेलले मानिसको मानसिक र शारीरिक दुवैलाई स्वास्थ्य र तन्दुरुस्त राख्न सहयोग पुर्याउने बताए ।

    प्रशिक्षणमा देवघाटका २५ जना युवाहरु सहभागिता रहेको र सहभागी प्रशिक्षार्थीहरुले प्रशिक्षणबाट तुलनात्मक रुपमा हिजोका दिनहरूमा भन्दा व्याडमिन्टन खेल सम्बन्धि धेरै ज्ञान र अनुभव प्राप्त गरेको सङ्घका अध्यक्ष अनिल मिश्रले बताए । देवघाट व्याडमिन्टन सङ्घका संरक्षक चन्द्रप्रकाश दवाडी र राजकुमार गुरुङले प्रशिक्षण दिएका थिए ।