दमाैली । टिम नेपो तनहुँको दोस्रो साधारणसभा शनिबार सम्पन्न भएको छ । कार्यक्रममा टिम नेपोको गण्डकी प्रदेश संयोजक प्रवेश पण्डितले विगतमा भएका राम्रा कामलाई निरन्तरता दिँदै आगामी दिनमा पनि स्थानीय क्लव र स्थानीय तहसँग समन्वय गरी काम गर्न सुझाव दिए ।
कार्यक्रममा टिम नेपो तनहुँका निवर्तमान अध्यक्ष गोविन्द तिमिल्सिना, अध्यक्ष मीनबहादुर कुंवर, कार्यक्रम संयोजक मोनिका विक लगायतले क्लवले गरेका कार्यक्रमको प्रकाश पारे ।
टिम नेपो तनहुँका अध्यक्ष कुंवरले वर्षभरि भएका कार्यक्रमका बारेमा जानकारी दिँदै आगामी दिनको कार्यक्रमबारे जानकारी गराए ।