दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ तालघरेमा आइतबार बिहान जीप दुर्घटना हुँदा मृत्यु भएका चालकको सनाखत भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–६ का ५३ वर्षीय हरिबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
दुर्घटनामा घाइते भई दमौली अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकका आफन्त सम्पर्कमा आएपछि उनको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए ।
दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग ३ च ३७७८ नम्बरको जीप अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको थियो ।