मत माग्न राष्ट्रिय सभाका उम्मेदवार तनहुँमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मत माग्न राष्ट्रिय सभाका उम्मेदवार तनहुँमा

    खबरपुञ्ज संवाददाता

    २९ पुष २०७८, शुक्रबार

    दमाैली । राष्ट्रिय सभामा गण्डकी प्रदेशबाट उम्मेदवार बन्नुभएका उम्मेदवार मत माग्न तनहुँ जिल्ला आइपुगेका छन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली काङ्ग्रेसकी नेतृ कमला पन्त, नेकपा माओवादी केन्द्रका नेता सुरेश आले मगर र माओवादी केन्द्रकै भुवन बहादुर विक शुक्रबार तनहुँ आइपुगेका हुन् ।

    राष्ट्रियसभाको निर्वाचन माघ १२ गते हुँदैछ । राष्ट्रियसभा निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख मतदाता हुनेछन् । नेपाली काङ्ग्रेस तनहुँको कार्यालयमा आयोजित कार्यक्रममा उम्मेदवारहरुले भनाई राख्दै मत दिनका लागि आग्रह गरेका छन् ।

    कार्यक्रममा नेपाली काङ्ग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधान रक्षाका लागि सत्तारुढ दलबीच एकता भएकाले गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्ने धारणा राखे ।

    कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिबहादुर चुमान, नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य प्रतापलाल श्रेष्ठ लगायतले बोलेका थिए ।

    तनहुँमा प्रदेशसभातर्फ गठबन्धनका चार र स्थानीय तहतर्फ १४ मतदाता छन् ।