दमाैली । कोरोना जोखिम बढ्दै जाँदा सर्वसाधारणले मास्क प्रयोग गर्न छाडेपछि तनहुँका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखले बुधबार सर्वसाधारणलाई मास्क वितरण गरेका छन् ।
पछिल्लो समय जिल्लामा दैनिक कोरोना सङ्क्रमित थपिँदै जाँदा सर्वसाधारणले मास्क प्रयोग नगरेपछि प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, प्रमुख सेनानी मनोज गुरुङ, प्रहरी उपरिक्षक राजेन्द्रबाबु रेग्मी, राष्ट्रिय अनुसन्धानका प्रमुख उत्तम खनाल सडकमा निस्किएर सर्वसाधारणलाई मास्क वितरण गरेका हुन् ।
उनीहरुले कोरोना जोखिमबाट बच्न आग्रह गर्दै घरबाट बाहिर निस्कदा अनिवार्य रुपमा मास्क प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । “कोरोना सङ्क्रमणबाट जोगिन सचेतना जगाउन मास्क वितरण गरेका हौ, यसलाई सधैँ सञ्चालन गर्नुभन्दा पनि सर्वसाधारण आफै सचेत हुनुपर्छ,” प्रजिअ अर्यालले भने । प्रजिअ अर्याल नेतृत्वको टोलीले सार्वजनिक सवारीमा यात्रा गर्ने यात्रुहरुलाई समेत मास्क लगाउन आग्रह गरेका थिए ।