व्यास नगरपालिकाले माघ ७ देखि बुस्टर डोज लगाउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यास नगरपालिकाले माघ ७ देखि बुस्टर डोज लगाउने

    खबरपुञ्ज संवाददाता

    ५ माघ २०७८, बिहीबार

    दमाैली । व्यास नगरपालिकाले माघ ७ गतेदेखि कोरोना विरुद्धको बुस्टर डोज लगाउने भएको छ । पहिलो खोप २०७७ माघ १४ देखि चैत मसान्तसम्म लगाएका साथै दोस्रो मात्रा खोप लगाई ६ महिना पूरा भएका पालिकाभित्रका वासिन्दालाई नगरपालिकाले बुस्टर डोज लगाउन लागेको हो ।

    अग्रपङ्क्ति तथा सार्वजनिक सेवामा खटिएका व्यक्तिहरुलाई बुस्टर डोज लगाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।

    माघ ७ गते स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाका कर्मचारी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स चालक तथा शववाहन चालक र जनप्रतिनिधिलाई बुस्टर डोज लगाइनेछ ।

    माघ ९ गते जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी, १० गते सुरक्षा निकाय र बैङ्क तथा वित्तीय संस्थाका कर्मचारी, ११ गते पत्रकार र सरसफाईकर्मी तथा सार्वजनिक यातायातका चालक सहचालकलाई बुस्टर डोज लगाइनेछ ।

    सर्वाधिकार सुरक्षित नोट : यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं ।