दमाैली । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ खैरेनीटारका ३३ वर्षीय मनोज गुरुङ लागुऔषध सहित पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१० स्थित पश्चिम क्षेत्रीय अस्पतालबाट गुरुङलाई लागुऔषध सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अस्पतालको क्यान्टिनमा होहल्ला गरेको भन्ने खबरप्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले निजको साथबाट ४९ एम्पुल फेनारगन, ४८ एम्पुल डाईजेपाम र ४८ एम्पुल नुर्फिन बरामद गरेको छ ।
सर्वाधिकार सुरक्षित नोट : यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं ।