दुलेगाैडा । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेकपा एमाले निकट राष्ट्रिय युवा संघ शुक्लागण्डकीले मंगलबार दुलेगौडामा राँके जुलुस प्रदर्शन गरेको छ । पाँच दलीय गठबन्धनले जनताको ढाड सेक्ने काम गरेको भन्दै युवासंघले राँके जुलुस प्रदर्शन गरेको हो ।
सिके राउतको हत्या गर्ने धम्की दिने भौतिक पूर्वाधारमन्त्री रेणु यादवलाई कारवाही, स्थानीय तहको चुनावको घोषणा गर्न माग गर्दै प्रदर्शन गरिएको युवासंघका केन्द्रीय सदस्य इश्वर श्रेष्ठले जानकारी दिए ।