दमाैली । हातहतियार मुद्दामा प्रहरीले तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडका एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय निनो श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गत पुस १५ गते श्रेष्ठको कोठाबाट प्रहरीले एक थान पेस्तोल सहित लागुऔषध बरामद गरेको थियो । त्यसयता फरार रहेका उनलाई पोखरा महानगरपालिका–६ हल्लनचोबाट पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए । प्रहरीले निजविरुद्ध लागुऔषध तथा हातहतियार खरखजाना मुद्दामा दश दिन म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ ।
प्रहरीले श्रेष्ठको कोठाबाट नुफिन १३४, फेनरागन १३६, डाइजेपाम १३३, नाइट्राभेट १९२, स्पासमो ५४, सोडियन फस्फेट लगायतका लागुऔषध बरामद गरेको थियो ।
सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं ।