चुनाव सार्न खाेज्नु असंवैधानिक : एमाले अध्यक्ष श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    चुनाव सार्न खाेज्नु असंवैधानिक : एमाले अध्यक्ष श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    १४ माघ २०७८, शनिबार

    दमाैली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले स्थानीय तहको चुनाव सार्न खोज्नु असंवैधानिक भएको बताएका छन् । संवैधानिक व्यवस्था अनुरुप नै स्थानिय तहको चुनाव सरकारले घोषणा गर्नुपर्नेमा संघीय चुनाव अगाडी सारेर स्थानीय चुनाव पछाडि धकेल्न खोजेको आरोप लगाए ।

    नेकपा एमाले व्यास ५ ले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले संवैधानिक छिद्रता खोजेर सरकारको आयु लम्ब्याउने प्रपञ्चमा नेकपा (एमाले)ले कहिल्यैै साथ नदिने बताए । गठवन्धनका नाममा सरकारको हाली मुहाली गर्न खोज्नेहरुले अनेकौ वहानामा जनमतको उपहास गर्न खोजेको बताए । संविधानमा नै प्रष्ट उल्लेख भएको व्यवस्थामा समेत गठवन्धनका मतियारले लत्याएर लोकतन्त्रको उपहास गरेको उनले बताए ।

    नेकपा एमाले तनहुँका उपसचिव प्रदिपराज अधिकारीले नेकपा एमालेको सरकारले जनमुखी काम गरेको निश्चित व्यक्तिलाई मन नपरेको हुँदा अदालतमार्फत परमादेश जारी गरेर ओली सरकार विस्थापित गरेको वताए ।

    वडा कमिटी अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको अगुवा कार्यकर्ता भेलामा जिल्ला सदस्य सीताराम सुर्खाली, नगर कमिटीका अध्यक्ष विरेन्द्र अधिकारी लगायतले बोलेका थिए ।