दुलेगाैडा । शुक्लागण्डकी नगरपालिका वडा नं. २ स्थित सिमलचौतारा टोल विकास संस्थाको दोस्रो अधिवेशनले पुर्ण बहादुर भुजेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सन्तु ढुङ्गाना, सचिवमा नारायण पौडेल, सह सचिवमा देल बहादुर थापा र कोषाध्यक्षमा सीता रिमाल रहेका छन् ।
सिमलचौतारा टोल विकास संस्थाले अधिवेशनको अवसरमा जेष्ठ नागरिकहरुलाई सम्मान समेत गरेको छ । टोलका जेष्ठ नागरिकहरु तिलकराम पौडेल, खगिसरा थापा, नन्द बहादुर राना, हुममायाँ थापा र तिलीमायाँ थापालाई न्यायो पछ्यौरा र गलबन्दी ओडाएर सम्मान गरिएको हो ।