बन्दीपुरमा आवासको अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    बन्दीपुरमा आवासको अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

    खबरपुञ्ज संवाददाता

    १७ माघ २०७८, मंगलवार

    बन्दीपुर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहँुको आयोजनामा बन्दीपुर गाउँपालिका–१ मा आवासको अधिकार सम्बन्धिमा सरोकारवालाहरु विच अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भयो ।

    गाउँपालिकाले चालु आर्थिक वर्षमा सन्चालन गरेको आवास सम्बन्धी कार्यक्रम र नेपाल सरकार तथा गाउँपालिकाको आवास सम्बन्धि नीति तथा कार्यान्वयनको अवस्थाको बारेमा सरोकारवालाहरुलाई जानकारी दिने, सुझाव संकलन गर्ने तथा समस्या पहिचान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो ।

    सो कार्यक्रममा बोल्दै बन्दीपुर गाउँपालिका वडा नम्बर १ का भानुभक्त पोख्रेलले संविधानले मौलिक हकको रुपमा व्यवस्था गरेको आवास सम्बन्धि हकलाई गाउँपालिकाले पनि उचित सम्बोधन गरेको बताए । उनले आवास विहिनहरुका लागि आवास निर्माण, खरको छानो मुक्त घर तथा जनता आवास कार्यक्रम सन्चालन गरिएको बताए ।

    गाउँपालिकामा भुकम्पबाट क्षती भएको तर्फ ३२७ जना लाभग्राहीको सुचिमा भएपनि ३५१ जना लाभग्राहीले घर बनाएको वडा अध्यक्ष पोख्रेलले जानकारी दिए । त्यसमध्ये २८३ जनाले दोश्रो किस्ताको रकम बुझेको र २६ जनाले मात्र तेश्रो किस्ताको रकम बुझेको उनले जानकारी दिए । त्यसैगरि खरको छानो मुक्त कार्यक्रम तर्फ १९१ जना वडा कार्यालयहरुबाट सिफारिस भएकोमा १६० जनाले खरको छानो हटाउन ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

    प्राकृतिक प्रकोपको कारण घर क्षती भएकाहरुको घर निर्माणकोलागि सम्झौता भईसकेपनि रकम प्राप्त भई नसकेको वडा अध्यक्ष पोख्रेलले बताए । सबै नागरिकलाई सुरक्षित आवासको व्यवस्था गर्न गाउँपालिका लागि परेको उनको भनाई छ । उनले पहिलेदेखी नै घर नभएका मात्र हैन, प्राकृतिक प्रकोपको कारण घर भत्किएका नागरिकलाई पनि आवास निर्माण गर्न गाउँपालिकाले बजेट
    बिनियोजन गर्ने बताए ।

    वडा नम्बर १ का वडा अध्यक्ष अमृत शाहीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विष्णु माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण अधिकारी, स्थानीय अगुवा गोविन्दप्रसाद अधिकारी, सिके विके क्याम्पसका प्राध्यापक बद्रिकुमार श्रेष्ठ, भंगेरी आधारभतु विद्यालयका प्रअ टिकाराम गिरी लगायतले आवासको अधिकारको बारेमा संविधानमा भएका व्यवस्थाको कार्यान्वयनको बारेमा जिज्ञासा राखेका थिए । सो कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले संविधानमा भएको आवाससँग सम्बन्धित हक र आवासको अधिकारको बारेमा
    सहजिकरण गरेका थिए ।