


दुलेगौडा । नेकपा माओवादी शुक्लागण्डकी नगर कमिटीको सचिव र कोषाध्यक्ष सर्वसम्मत चयन भएका छन्। लामो समयपछि नगर कमिटीको सचिव र कोषाध्यक्षमा सर्वसम्मत भएको हो ।
सचिवमा जीवन पोख्रेल र कोषाध्यक्षमा झ्यामकुमारी थापा चयन भएका छन् । सचिवमा पोख्रेल र अनिल तिवारीले उम्मेदवारी दिएका थिए । कोषाध्यक्षमा थापा र पहलसिं विकको उम्मेदवारी परेको थियो ।
नगर कमिटीको अध्यक्ष, उपाध्यक्ष र सहसचिवमा भने अझै कुरा मिल्न सकेको छैन । अध्यक्षका लागि मनराज गुरुङ, शरण सापकोटा र विष्णु खत्रीको उम्मेदवारी परेको छ। उपाध्यक्षका लागि रामचन्द्र भण्डारी, चेतनारायण पौडेल, बुद्धिबहादुर खत्री, जौमाया बराल र राजु रानाले उम्मेदवारी दिएका छन् ।