रेडक्रस कोटदरवार सभापतिमा इन्द्र, सचिवमा कवि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    रेडक्रस कोटदरवार सभापतिमा इन्द्र, सचिवमा कवि

    खबरपुञ्ज संवाददाता

    २१ माघ २०७८, शनिबार

    दमाैली । नेपाल रेडक्रस सोसाइटी कोटदरवार उपशाखाको सभापतिमा पुनः इन्द्रबहादुर आले चयन भएका छन् । शनिबार सम्पन्न उपशाखाको दोस्रो अधिवेशनबाट आलेको अध्यक्षतामा कार्यसमिति चयन गरिएको छ ।

    उपसभापतिमा खेलीमाया थापा, सचिवमा कविराज श्रेष्ठ, कोषाध्यक्षमा विष्णुबहादुर आले, उपसचिवमा इन्द्रबहादुर आले, उपकोषाध्यक्षमा श्रीराम आले चयन भएका छन् । सदस्यहरुमा टङ्कबहादुर थापा, तिलबहादुर थापा, गणेशकुमार श्रेष्ठ, मीनकुमारी आले र सन्तबहादुर थापा चयन भएका छन् ।

    यसैगरी नेपाल रेडक्रस सोसाइटी तनहुँको जिल्लासभाका लागि इन्द्रबहहादुर आले, खेलीमाया थापा, कविराज श्रेष्ठ, विष्णुबहादुर आले र श्रीराम आले प्रतिनिधिको रुपमा छनौट भएका छन् ।

    कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय प्रदीप पौडेल, संविधानसभा सदस्य झुलबहादुर आले, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ लगायतले रेडक्रसको भूमिका बारेमा चर्चा गरेका थिए ।