दमाैली । तनहुँको भानु नगरपालिकाले एम्बुलेन्स खरिद गरेको छ । नगरवासीलाई सहज रुपमा स्वास्थ्य संस्थासम्मको पहुँचमा पु¥याउन नगरपालिकाले एम्बुलेन्स खरिद गरेको हो ।
भन्सार छुट सहित ९ लाख ५० हजारमा एम्बुलेन्स खरिद गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए । नगरपालिकाको आफ्नै एम्बुलेन्स नहुँदा नगरवासीले महङ्गो शुल्क तिरेर निजीस्तरबाट सञ्चालित एम्बुलेन्स भाडामा लिनुपर्ने बाध्यताको अन्त्यका लागि नगरपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याउन लागेको उनले बताए ।
उनका अनुसार नगरभित्र बसोबास गर्ने विपन्नलाई एम्बुलेन्स निःशुल्क प्रदान गरिनेछ । “एम्बुलेन्स शुल्क तिर्न कठिन हुने विपन्न परिवारलाई निःशुल्क सेवा दिन्छौ,” उनले भने । एम्बुलेन्स व्यवस्थापनका लागि लागि समिति गठन हुने र त्यसलगत्तै एम्बुलेन्सले नगरवासीलाई सेवा दिने उनले बताए ।