बलेफी हाइड्रोको आईपीओ आजदेखि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    बलेफी हाइड्रोको आईपीओ आजदेखि

    खबरपुञ्ज संवाददाता

    २७ माघ २०७८, बिहीबार

    काठमाडौ । बलेफी हाइड्रो पावर लिमिटेडले आजदेखि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आजदेखि आयोजना प्रभावित सिन्धुपाल्चोक स्थानीयवासीका लागि आइपीओको बिक्री खुलाएको हो । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँ अंकित १८ लाख २७ हजार ९७० कित्ता सेयरमा आवेदन दिन पाउनेछन् ।

    बिक्री खुलेको कुल सेयरमध्ये १० लाख ९६ हजार ७८२ कित्ता सेयर जुगर गाउँपालिका २, ३ र ४ वडाका स्थानीयले आवेदन गर्न पाउँछन् । यस्तै, ७ लाख ३१ हजार १८८ कित्ता सोही गाउँपालिकाका ५ र ७ वडावासी र बलेफी गाउँपालिकाको १, ३, ६ र ७ तथा सुनकोसी गाउँपालिकाका स्थानीयले अवोदन गर्न पाउनेछन् ।

    आईपीओमा आवेदन गर्ने अन्तिम मिति फागुन १२ गतेसम्म छ । सो मितिमा आवेदन नपरेमा आवेदन मिति बढाएर फागुन २७ पुर्याइने कम्पनीले जनाएको छ ।