दमौली । ऑबुखैरेनी गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सूचीकृत हुन निवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहयोगमा सञ्चालन हुने कार्यक्रमका लागि गाउँपालिकाले निवेदन माग गरेको हो ।
एक सय दिनका लागि प्रदान गरिने रोजगारका लागि काम गर्न इच्छुक व्यक्तिहरुले फागुन १ देखि मसान्तसम्म सम्बन्धित वडा कार्यालयमा निवेदन दिन सक्ने प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले जानकारी दिए ।