खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी ढोडेनी युवा क्लबलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी ढोडेनी युवा क्लबलाई

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    देवघाट । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर १ गोपिटारमा श्रीपञ्चमीको अवसरमा गोपिटार युवा क्लबद्वारा आयोजित
    खुल्ल पुरुष भलिबल खेल प्रतियोगिताको उपाधी ढोडेनी युवा क्लबले उचालेको छ। फाइनल खेलमा आयोजक गोपिटार युवा क्लबलाई सोझो सेटमा पछि परेको थियो।

    पाचौं दिन सम्म सञ्चालन भएको प्रतियोगितामा २० टिमको सहभागिता रहेको थियो भने प्रथम स्थान हासिल गर्न सफल ढोडेनी युवा क्लबले नगत ३० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

    द्वितीय स्थान हासिल गर्न सफल गोपिटार युवा क्लबलाई नगत २० हजार सहित मेडल र प्रमाणपत्र र तृतीय स्थान हासिल गर्न सफल कालिकाटार युवा क्लब १० हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक अर्जुन गुरुङले जानकारी दिए ।

    सो कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुद क्षेत्रका सवै खेलहरुले मानिसको मानसिक र शारीरिक दुवैलाई स्वास्थ्य र तन्दुरुस्त राख्न महत्त्वपूर्ण भुमिका रहने बताए ।