दुलेगौडा । शुक्लागण्डकी पत्रकार मञ्चको तदर्थ समिति गठन गरिएको छ । शुक्लागण्डकी नगरपालिकालाई कार्य क्षेत्र बनाएर कार्यरत पत्रकारहरुको भेलाले आइतबार मञ्चको तदर्थ समिति गठन गरेको हो ।
तदर्थ समितिको संयोजकमा राजन उपाध्याय र सहसंयोजकमा ममता गुरुङ चयन भएका छन् । नौ सदस्यीय तदर्थ समितिको सदस्यमा अशोक विश्वकर्मा, राजकुमार आले, विनोद ढुंगाना, अस्मिता खनाल, करिश्मा विश्वकर्मा, हरि खरेल र सनिता कार्की रहेका छन् ।
स्वतन्त्र पत्रकारको साझा मञ्चको रुपमा शुक्लागण्डकी पत्रकार मञ्चलाई दर्ता गर्ने संयोजक उपाध्यायले बताए । उनका अनुसार शुक्लागण्डकी नगरपालिकामा संस्था दर्ता गरेर साधारणसभा गरिनेछ । शुक्लागण्डकी नगर क्षेत्रमा क्रियाशिल पत्रकारको हकहितका लागि मञ्चले काम गर्ने उनले बताए । ‘पत्रकारहरुको क्षमता र दक्षता अभिवृद्धी गर्नलाई मञ्चले काम गर्नेछ’, उनको भनाई छ ।