दमाैली । प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको यही फागुन २१ गते हुने अधिवेशन र फागुन २७ र २८ गते हुने महाधिवेशनका लागि तनहुँबाट प्रतिनिधि छनौट गरिएको छ । प्रेस चौतारी तनहुँकाे बिहीबार बसेको बैठकले प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशनकोलागि जिल्ला शाखाबाट सदस्य संख्याको आधारमा प्रतिनिधि छनौट गरेको हो ।
प्रदेश अधिवेशनका लागि खुल्ला तर्फ जिल्ला सचिव ऋषिकान्त दुवाडी र सहसचिव किरण श्रेष्ठ र महिला तर्फ उपाध्यक्ष सम्झना रसाईली, सहसचिव सुनीता आचार्य र सदस्य शर्मिला विक तथा केन्द्रीय महाधिवेशनका लागि खुल्ला तर्फ पूर्व अध्यक्ष प्रेमप्रसाद पौडेल र उपाध्यक्ष कृष्ण न्यौपाने तथा महिलाबाट उपाध्यक्ष सम्झना रसाईली र सहसचिव सुनीता आचार्यलाई प्रतिनिधिको रुपमा छनौट गर्ने निर्णय भएको प्रेस चौतारी तनहुँका सचिव ऋषिकान्त दुवाडीले जानकारी दिए ।
उक्त दुबै अधिवेशनमा जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठ, केन्द्रीय सदस्यहरु प्रकाशचन्द्र भट्टराई, नारयण खड्का र समुन्द्र पौडेल तथा केन्द्रीय अनुशासन आयोगका सदस्य त्रिभुवन श्रेष्ठ आयोजकको रुपमा स्वतः प्रतिनिधि हुने छन् ।
बैठकले यही फागुन १३ गते शुक्रबार प्रेस चौतारीका सदस्यहरुबीच हार्दिकता र सौहार्दताको लागि बनभोज गर्ने निर्णय समेत गरेको सचिव दुवाडीले जानकारी दिए । शाखा अध्यक्ष राकजुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो बैठकमा नेकपा एमाले जिल्ला कमिटिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, चौतारीका सल्लाहाकार संयोजक एवं बरिष्ठ पत्रकार विश्वबन्धु भण्डारी, केन्द्रीय सदस्यहरु प्रकाशचन्द्र भट्टराई, नारयण खड्का र समुन्द्र पौडेलले सुभकामना मन्तव्य व्यक्त गरेका थिए ।