काङ्ग्रेस व्यास नगर समितिमा वाग्ले सहित १९ सदस्य मनोनित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • राजनीति

    काङ्ग्रेस व्यास नगर समितिमा वाग्ले सहित १९ सदस्य मनोनित

    खबरपुञ्ज संवाददाता

    ६ फाल्गुन २०७८, शनिबार

    दमाैली । नेपाली काङग्रेस व्यास नगर समितिले १९ सदस्य मनोनित गरेको छ । नगर समितिको शनिबार बसेको बैठकले व्यास नगरपालिका–५का सुवोध वाग्ले सहित १९ सदस्य मनोनित गरेको हो ।

    काङ्ग्रेसको विधान अनुसार नगरभित्रका विभिन्न वडाबाट प्रतिनिधित्व हुने गरी सदस्य मनोनित गरिएको कोषाध्यक्ष नगेन्द्र पौडेलले जानकारी दिए ।

    No description available.

    नगर समितिमा मनोनित हुने अन्यमा युवराज भण्डारी, क्या. तारालाल मल्ल, केयरसिं थापा, कमला अधिकारी, सुरेशकुमार श्रेष्ठ, विष्णुमाया खनाल, सिद्धिभक्त पण्डित, निजामदिन मियाँ, सम्शेर कुंवर, भरत सोती, विकास रिजाल, अजर नागिला, फूलमाया विक दुरा, विद्या बहादुर गैह्रे, सरस्वती न्यौपाने, वाहिदा खातुन, शिवहरि धिताल र विराट भट्टराई रहेका छन् ।