दमाैली । नेकपा माओवादीको युवा सङ्गठन वाइसिएल तनहुँको सचिवमा अनिल अधिकारी चयन भएका छन् । वाइसिएल तनहुँको शनिबार सम्पन्न विस्तारित वैठकले रिक्त रहेको सचिवमा अधिकारीलाई चयन गरेको हो ।
बैठकले दशवटै पालिकामा वाइसिएलको इन्चार्ज समेत तोकेको नेकपा माओवादी केन्द्र व्यास नगर समितिका कोषाध्यक्ष केहरसिं आले (बादल) ले जानकारी दिए । बैठकले १५ जनालाई वाइसिएल नेपालको गण्डकी प्रदेशका लागि सिफारिस गरेको छ ।