चन्द्र बिसीको ‘पानी धाराको’ सार्वजनिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    चन्द्र बिसीको ‘पानी धाराको’ सार्वजनिक

    खबरपुञ्ज संवाददाता

    ८ फाल्गुन २०७८, सोमबार

    दमौली । तनहुँको म्याग्दे गाउँपालिका-७ रानीस्वारा निवासी चन्द्र बिसीको आवाजमा रहेको ‘पानी धाराको’ झ्याउरे गीत सार्वजनिक भएको छ। सोही ठाउँका दिवान किनारको शब्द तथा सङ्गीत रहेको उक्त झ्याउरे गीत दिवान किनार अफिसियल युट्युवमार्फत् सार्वजनिक भएको हो ।

    नेपालको गण्डक क्षेत्रतिर करिब २०/२२ वर्ष अघि रोधीघर, पूजाआजा र रमाइलोहरुमा गाइने,बजाइने र नाचिने झ्याउरे भाकालाई पुनसंकलन गरी गीत बनाइएको छ ।

    “झिमझिम सानु” ( लोकदोहोरी) “माया एउटा सँग” (आधुनिक) “तिमी कस्को हुने होला” ( आधुनिक) जस्ता धेरै जीवन्त, अजर , अमर ऐतिहासिक र कालजयी गीतका स्रष्टा दिवान किनारले आफू सानै छँदादेखि गाउँघरमा गाउने गरिएको झ्याउरे गीतलाई पुन:संकलन र पुन सृजना गरि वास्तविक अग्रज स्रष्टाहरुलाई सम्मान गर्दै पुनर्ताजगी गराउने प्रयास गरेको बताए ।

    दमौलीको एउटा परम्परागत घरमा दृश्यांकन गरिएको उक्त गीतमा लोकप्रिय गायिका शान्तिश्री परियार,चन्द्र बीसी अनि दिवान किनारको आवाज, दिवान किनार र चन्द्र बिसीको पुनसङ्कलन र पुनसृजना रहेको छ ।

    गीतमा चर्चित टिकटक स्टारहरु सिरु थापा मगर , मनिसा मगर, पुष्पा मगर(काउली बुडी),रेशम परियार,विकास थापा, सृजना आले मगर, सबिता गर्जा मगर, देव आले, अभिषेक गुरुङ, सुकमान गुरुङ, नारन सिंजाली मगर, सबिता थापा मगर, कञ्चन गुरुङ, माया मगर्नी, अञ्जली थापा मगर जमुना थापा मगर, चन्द्र बि.सी. अनि दिवान किनारको अभिनय र नृत्य रहेको छ ।

    सर्जन थापा मगरको कोरियोग्राफी, वीरेन्द्र परियारको छायांकन,रवि के. सि.को मेकअप, मनोज कार्कीको भिडियो सम्पादन र दिवान किनारको निर्देशन रहेको छ।