दमौली । म्याग्दे गाउँपालिका-१ गुणादीमा सम्पन्न भएको प्रथम डिम व्वाइज कपको उपाधु समृद्धि युवा क्लवले जितेको छ । बुधबार भएको फाइनलमा एकता युवा क्लवलाई पराजित गर्दै समृद्धिले उपाधि पक्का गरेको हो ।
जितसँगै समृद्धिले नगद २५ हजार र ट्रफी प्राप्त गरेको छ भने उपविजेता एकताले १५ हजार र ट्रफी प्राप्त गरेको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी समृद्धि क्लवका प्रितम गुरुङ र सर्वाधिक गोलकर्ता देव गुरुङ घोषित भएका थिए । कार्यक्रममा वाइसिएल तनहुँका सचिव तथा नेकपा माओवादी केन्द्र म्याग्दे-१ का अध्यक्ष अनिल अधिकारी क्षेत्रीले पुरस्कार वितरण गरेका थिए।