जबरजस्ती करणी गरेको अभियोगमा भानुबाट एक पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जबरजस्ती करणी गरेको अभियोगमा भानुबाट एक पक्राउ

    खबरपुञ्ज संवाददाता

    ११ फाल्गुन २०७८, बिहीबार

    दमाैली । ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँको भानु नगरपालिका–२ बाह्रबिसेबाट एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सङ्खुवासभा चैनपुर नगरपालिका–२ महिम बस्ने ४० वर्षीय शिव न्यौपाने रहेको प्रहरीले जनाएको छ ।

    डुम्रे वेशीशहर सडकखण्ड निर्माणका लागि लेवर क्याम्पमा बस्दै आएकी ती महिलालाई सोही क्याम्पका ठेकेदार न्यौपानेले जबरजस्ती करणी गरेको अभियोग लागेको छ । न्यौपानेलाई इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाइएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।