दमौली । महाशिवरात्री पर्वको अवसरमा नव पसले युवा क्लवको आयोजनमा मंगलबार गाउँपालिका स्तरीय खुल्ला डवल्स दोस्रो नव पसले व्याडमिन्टन कप सम्पन्न भएको छ । पसले आधारभूत विद्यालयमा सञ्चालन भएको प्रतियोगितामा १७ टिमको सहभागिता थियो।
प्रतियोगितामा थर्पु व्याडमिन्टन क्लवका रमेश श्रेष्ठ र कामन थापाको जोडी प्रथम भएको छ । नव पसले युवा क्लवका शोभियत परियार र सुनाम श्रेष्ठको जोडी द्वितीय र म्याग्दे गाउँपालिकाका दिपक श्रेष्ठ र प्रदीप न्यौपानेको जोडी तृतीय भएको छ।
क्लवका अध्यक्ष आशिष श्रेष्ठका अनुसार प्रथमलाई १० हजार , द्वितीयलाई ५ हजार र तृतीयलाई ३ हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ।
म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले व्याडमिन्टन खेल स्वास्थ्यका लागि फाइदाजनक रहेको बताए । क्लवका अध्यक्ष श्रेष्ठका अनुसार ३४ खेलाडी मध्ये उत्कृष्ट खेलाडी म्याग्दे गाउँपालिकाका कर्मचारी प्रदिप न्यौपाने र म्याच अफिसल दिपक कुमार श्रेष्ठलाई छनोट गरि ट्रफी प्रदान गरिएको थियो। क्लवले व्याडमिन्टन प्रतियोगिता, सरसफाई, जनचेतना, तालिम लगायतका कार्यक्रम गर्दै आएको छ।