


काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) को आसन्न सातौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा वर्तमान महासचिव सुवास न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन् ।
उनले वर्तमान अवस्थामा विभिन्न राष्ट्रिय शैक्षिक मुद्दाको न्यायोचित समाधानका लागि र सो सङ्गठनलाई कुशल नेतृत्व प्रदान गरी अझै बढी उन्नत, गतिशील र प्रतिस्पर्धी संस्थाका रूपमा अघि बढाउने सङ्कल्पसहित उम्मेदवारी घोषणा गरेका हुन् ।
एपेक्स लाइफ स्कूलका संस्थापक एवम कार्यकारी निर्देशक न्यौपानेले बुधबार पत्रकार सम्मेलन गरेर संस्थागत विद्यालयका हकहितको रक्षा, समयानुकूल गुणस्तरीय शिक्षाको प्रवद्र्धन तथा निजी र सरकारी विद्यालयबीचको विभेद अन्त्यका लागि आफ्नो उम्मेदवारी हुने बताए । सो सङ्गठनको महाधिवेशन यही फागुन २२ र २३ गते बाँकेको नेपालञ्जमा हुँदैछ ।
नेशनल प्याब्सनको काठमाडौँ जिल्लाका पूर्वअध्यक्ष न्यौपानेले अग्रज र सक्रिय विद्यालय सञ्चालकले आफूलाई समर्थन गर्ने र आपसी परामर्शबाट अन्य पदाधिकारी तय गर्ने बताउँदै संस्थाको आफ्नै जग्गामा केन्द्रीय कार्यालय भवन निर्माण गर्ने, प्राकृतिक विपद् राहत कोषमा रकम वृद्धि गर्नेसहित १३ बुँदे योजना सार्वजनिक गरे ।
पूर्वअध्यक्ष कर्णबहादुर शाहीलगायतको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा उनले विगत लामो समयेदेखि नेपालमा स्थापित रहेका निजी तथा आवासीय विद्यालयले शैक्षिक उन्नयनका लागि ठूलो योगदान गरेको र देश सुहाउँदो सर्वाङ्गीण विकासका लागि आवश्यक शैक्षिक जनशक्तिको निर्माण गरी देशको आर्थिक, सामाजिक र शैक्षिक रूपान्तरणतर्फ अघि बढाउने दायित्वबाट निजी विद्यालय कहिल्यै पछि नपरेको बताए ।
केन्द्रीय अध्यक्षमा मेरो उम्मेदवारी किन ?
१) निजी विद्यालयको हक, हित संरक्षण र यसको संवद्र्धन गर्न । कम्पनी अन्र्तगतको निजी स्वामित्वको संरक्षण गर्न ।
२) २१ औ शताब्दिको समयसापेक्ष सीपमूलक र जीवनोपयोगी शिक्षालाई प्राथमिकताका साथ अगाडि बढाउन । निजी विद्यालयको स्तरोन्नति र गुणस्तरीय शिक्षालाई महत्वका साथ अघि बढाउन । निजी र सामुदायिक विद्यालयबीचको फराकिलो तथा विभेदकारी नीतिको अन्त गर्न ।
३) वर्तमानमा देखिएका निजी विद्यालयका समस्या र शैक्षिक मुद्धाहरूलाई ठिक ढङ्गले तार्किक निष्कर्षमा पु¥याउन । शैक्षिक लगानीका लागि मैत्रिपूर्ण वातावरण सृजना गर्न ।
४) निजी क्षेत्रको सामाजिक र शैक्षिक योगदानलाई स्थापित, व्यवस्थित र समयानुकूल बनाउन ।
५) विद्यार्थीको चौतर्फी विकास हुने शिक्षा प्रणालीको विकास गर्न । साथै विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्ति तयार गर्नमा योगदान दिन ।
६) एन प्याब्सनलाई सेवामूलक र व्यावसायिक संस्थाका रूपमा विकास गर्न ।
७) समयसापेक्ष सीपमूलक, जीवनउपयोगी व्यवहारिक पाठ्यक्रम निर्माण गर्न ।
८) संस्थागत विद्यालयका शिक्षक, कर्मचारी र लगानीकर्ता ( सञ्चालक)हरूको हक, हित, संरक्षण र संवद्र्धन गर्नुका साथै उनीहरूको पेशागत तथा अन्य सुरक्षाको प्रत्याभूति दिलाउन ।
९) नेपाल सरकार, निजी शैक्षिक संस्था र सामुदायिक शैक्षिक संस्थाहरूको बीचको सम्बन्धलाई थप मजबुद बनाउन ।
१०) शिक्षण सिकाईलाई उपलब्धिमूलक बनाउन शिक्षकहरूलाई व्यावसायिक विकास ( एचयाभककष्यलब िमभखभयिऊभलत) मा आवद्ध बनाउन ।
११) शिक्षाको माध्यमबाट समाज र राज्यप्रतिको दायित्वलाई आगामी दिनमा उचित व्यवस्थापन गर्दै आम समुदायको विश्वास बढाउन । कोरोनाले क्षति पु¥याएको यस क्षेत्रको उत्थान र विकास तथा देशको सङ्घीय संरचना अनुरूप संगठनलाई अघि बढाउन ।
१२) आर्थिक इमान्दारीताको पालना गर्दै केन्द्रीय कार्यालयलाई व्यवस्थित गर्नुका साथै यसै कार्यकालमा केन्द्रीय कार्यालयको आफ्नै भवन निर्माण र संस्थागत संरचना बनाउन प्रतिबद्धता व्यक्त गर्दछौ ।
१३) प्राकृतिक विपद् राहत कोषलाई प्रभावकारी ढंगले व्यवस्थापन गर्न ।