दमाैली । प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटीको अध्यक्षमा पत्रकार आश गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । चौतारीको बिहीबार हुने प्रदेश अधिवेशनमा लमजुङका पत्रकार गुरुङले अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका हुन् ।
नेपाल पत्रकार महासंघ लमजुङको अध्यक्ष रहिसकेका गुरुङ व्यावसायिक पत्रकार हुन् । उनी कान्तिपुर दैनिकमा आबद्ध छन् ।