


पोखरा। प्रेस चौतारी नेपाल तनहुँ शाखाका संस्थापक अध्यक्ष तारानाथ उपाध्याय सम्मानित भएका छन् । प्रेस चौतारी गण्डकी प्रदेश कमिटीको बिहीबार पोखरामा आयोजित अधिवेशनका अवसरमा उपाध्याय सम्मानित भएका हुन् ।
नेकपा एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले उपाध्यायलाई दोसल्ला र प्रशंसापत्रले सम्मान गरे ।
प्रेस चौतारीको संस्थागत विकास, लोकतान्त्रिक आन्दोलन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र समाज रुपान्तरणमा योगदान पुर्याए बापत उपाध्यायलाई सम्मान गरिएको प्रदेश कमिटी अध्यक्ष सुष्मा पौडेलले बताइन् ।
विसं २०५४ सालमा चौतारीको तनहुँ शाखा गठन भएको थियो । त्यसयता त्रिभुवन श्रेष्ठ, प्रेमप्रसाद पौडेल, प्रकाशचन्द्र भट्टराई, नारायण खड्काले चौतारीको नेतृत्व गरिसकेका छन् । चौतारी तनहुँ शाखाको जिल्लाको सबैभन्दा क्रियाशील सङ्गठन हो ।