पल शाह प्रकरण : भ्रम फैलाउने १६ युट्युव च्यानललाई कारवाही सिफारिस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पल शाह प्रकरण : भ्रम फैलाउने १६ युट्युव च्यानललाई कारवाही सिफारिस

    खबरपुञ्ज संवाददाता

    १९ फाल्गुन २०७८, शुक्रबार

    काठमाडौ । प्रेस काउन्सिल नेपालले नायक पल शाह प्रकरणमा गलत भ्रम फैलाएको र गोपनियताको ख्याल नगरेको भन्दै १६ युट्युव च्यानललाई कारवाही गर्न नेपाल प्रहरीको साइवर व्युरोमा सिफारिस गरेको छ । काउन्सिलले शुक्रबार विज्ञप्तीमार्फत् उक्त जानकारी दिएको हो।

    कुनै पनि मिडियामा आबद्ध नभएका ती च्यानललाई कारवाहीका लागि सिफारिस गरिएको प्रेस काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दिपक खनालले जानकारी दिए ।

    जबरजस्ती करणीको अभियोगमा शाह जिप्रका तनहुँको हिरासतमा छन् । उनी विरुद्ध अदालतबाट सात दिनको म्याद थप गरिएको छ। पल शाह प्रहरी नियन्त्रणमा रहेदेखि नै काठमाडौबाट आएका युट्युवेहरुले अनावश्यक भ्रम फैलाउने काम गरिरहेका छन्।