ऋषिङका कृषकलाई ५० प्रतिशत अनुदानमा उपकरण वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    ऋषिङका कृषकलाई ५० प्रतिशत अनुदानमा उपकरण वितरण

    खबरपुञ्ज संवाददाता

    २० फाल्गुन २०७८, शनिबार

    ऋषिङ । तनहुँको ऋषिङ गाउँपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ। गाउँपालिकाले वडा नम्बर ४ भिरकोटका कृषकलाई अनुदानमा हाते ट्याक्टर वितरण गरेको हो ।

    परम्परागत रुपमा कृषि पेशा गर्दै आएका कृषकलाई व्यावसायिक बनाउन दश जना कृषकलाई हाते ट्याक्टर उपलब्ध गराइएको प्रवक्ता विजय दरैले जानकारी दिए ।

    गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले कृषिलाई प्राथमिकतामा राखिएको बताए । ‘लागत घटाउँदै कृषिमा यान्त्रिकरण गर्नका लागि कृषकलाई उपकरण दिएका हौ,’ उनले भने ।

    हाते ट्याक्टर पाएपछि यहॉका कृषक खुसी भएका छन् । खेतबारी जोत्नका लागि गोरुको प्रयोग गर्दा लागत महङ्गो हुने गरेकाले हाते ट्याक्टरले लागत पनि कम गराउने बताइएको छ ।