व्यास–३ मा नेकपा एमालेको टोल कमिटी गठन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यास–३ मा नेकपा एमालेको टोल कमिटी गठन

    खबरपुञ्ज संवाददाता

    २० फाल्गुन २०७८, शनिबार

    दमाैली । नेकपा एमालेले व्यास नगरपालिका–३ मा टोल कमिटी गठन गरेको छ । उक्त वडाको शान्तिनगर तथा सिर्जनाटोल, महर्षिटोल, निमचोक टोल र पराशर टोलमा संयुक्त टोेल कमिटी गठन गरिएको छ ।

    शनिबार आयोजित भेलाले शान्तिनगर टोल कमिटीको अध्यक्षमा गङ्गाबहादुर नेपाली चयन भएका छन् । उक्त कमिटीको उपाध्यक्षमा बासना श्रेष्ठ, सचिवमा रवि धमेल, उपसचिवमा कुमार प्रधान र सदस्यहरुमा पूर्णबहादुर श्रेष्ठ, पदमबहादुर शेर्पा, शान्ति अधिकारी, श्रीमाया थापा, सुबोध महर्जन, गीता मल्ल ठकुरी, अर्जुन शाही, समज श्रेष्ठ, रामबहादुर विक सुनार, निर्मला श्रेष्ठ, राजिया श्रेष्ठ र गङ्गा झेडी मगर चयन भएका छन् ।

    यसैगरी सिर्जनाटोल, महर्षिटोल, निमचोक टोल र पराशर टोलको संयुक्त अध्यक्षमा लक्ष्मण श्रेष्ठ चयन भएका छन् । उक्त टोलको उपाध्यक्षमा पवित्रा थापा, सचिवमा निखील श्रेष्ठ र सदस्यहरुमा योगराज बजगाइ, कल्पना श्रेष्ठ, इन्दिरा मग्राती, ओममाया श्रेष्ठ, चन्द्रबहादुर चौधरी, जाफर मोहम्मद मियाँ, नानीमाया श्रेष्ठ, सुशीलादेवी श्रेष्ठ, सत्यदेवी श्रेष्ठ, डम्बरकुमार श्रेष्ठ, अनुप पन्त, सुमन शाह, लालबहादुर भट्ट, देवी पौडेल, विष्णुकुमार श्रेष्ठ, अनिलकुमार श्रेष्ठ, सरिता श्रेष्ठ, सुशीला श्रेष्ठ चयन भएका छन् ।

    कार्यक्रममा नेकपा एमाले तनहुँका सदस्य अनिल पाण्डे, प्रगतिशिल कानुन व्यवसायी मञ्चका सचिव त्रिभुवन श्रेष्ठ लगायतको उपस्थिति थियो ।