दमाैली । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड दमौली शाखाले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले व्यास नगरपालिका–१० खहरेस्थित मृतक बीमित दिलबहादुर दरैको परिवारलाई मंगलबार घरमै पुगेर दावी रकम हस्तान्तरण गरेको हो ।
जीवन बीमा अन्तर्गत पाँच लाखको बीमा गरेका दरैको परिवारलाई दश लाख दश हजारको चेक हस्तान्तरण गरिएको छ । दमौली शाखा प्रमुख जगदीश काफ्लेले मृतकका श्रीमती धनमाया थापा दरैलाई उक्त रकमको चेक हस्तान्तण गरे । दरैले २०७७ असोजमा बीमा गरेका थिए । उनले प्रिमियम बापत हालसम्म ३९ हजार ६ सय ४० भुक्तानी गरेका थिए । वैदेशिक रोजगारीको शिलशिलामा दरैको दुर्घटनामा परी मृत्यु भएको थियो ।
चेक रकम हस्तान्तरण गर्दै काफ्लेले जोखिम बहन र बचतको भरपर्दो माध्यम जीवन बीमा भएकाले आफ्नो आयश्रोत अनुसार बीमा गर्नुपर्ने बताए । उक्त कार्यक्रममा लिमिटेडका एजेन्सी म्यानेजर दिपक भट्टराईले परिवारको आर्थिक सुरक्षाका लागि जीवन बीमा आवश्यक रहेको बताए ।