सङ्गठन सुदृढीकरणका लागि काङ्ग्रेसद्वारा ८५ वडामा प्रतिनिधि चयन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सङ्गठन सुदृढीकरणका लागि काङ्ग्रेसद्वारा ८५ वडामा प्रतिनिधि चयन

    खबरपुञ्ज संवाददाता

    २५ फाल्गुन २०७८, बिहीबार

    दमाैली । नेपाली काङ्ग्रेस तनहुँले सङ्गठन सुदृढीकरणका लागि दशवटै स्थानीय तहका ८५ वडामा अनुगमन प्रतिनिधि चयन गरेको छ । काङ्ग्रेस तनहुँको आज बसेको बैठकले जिल्लाका सबै वडाहरुमा सुदृढीकरण कार्यक्रम सञ्चालनका लागि प्रतिनिधि चयन गरेको हो ।

    स्थानीय तहको निर्वाचन नजिकिदै गरेकाले वडा वडामा पुगेर प्रतिनिधिले पाटीका विविध कार्यक्रम सञ्चालन गर्ने जिल्ला सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए । “वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै गाउँ गाउँसम्म कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ,” खनालले भने ।

    जिल्ला सभापति जीतप्रकाश आलेको अध्यक्षतामा सम्पन्न बैठकले हरेक महिनाको ४ गतेसम्म टोल तथा वडाको, ६ गतेसम्म नगरको, ८ गतेसम्म प्रदेश क्षेत्रको, १० गतेसम्म सङ्घीय क्षेत्रको र १२ गते जिल्ला कार्य समितिको बैठक गर्ने निर्णय गरेको छ । काङ्ग्रेस पदाधिकारी सहित ३३ सदस्यीय कार्य सम्पादन समिति बनाउने निर्णय पनि गरेको छ ।

    यसैगरी बैठकले जिल्ला सदस्य संयोजक रहने गरी विभिन्न शाखा गठन गरेको छ । महिला शाखा संयोजकमा मीरा जोशी, अभिलेख शाखा संयोजकमा हरि वाग्ले, भूपू सैनिक शाखाको संयोजकमा रामबहादुर अधिकारी, कार्यालय व्यवस्थापन एवं कार्यक्रम तथा समन्वय शाखा संयोजकमा हुतमणि अधिकारी, कृषि तथा सहकारी शाखा संयोजकमा सूर्यभक्त भण्डारी, वन वातावरण तथा विपद् शाखा संयोजकमा दलबहादुर दुरा, लेखा विभाग शाखाको संयोजकमा तिलबहादुर थापा, स्वास्थ्य तथा शिक्षा शाखा संयोजकमा अम्बिका घिमिरे चयन भएका छन् ।