तरुण दलको प्रतिबद्धतामा एमालेबारे भ्रम फैलाइएकामा राष्ट्रिय युवा संघको आपत्ति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तरुण दलको प्रतिबद्धतामा एमालेबारे भ्रम फैलाइएकामा राष्ट्रिय युवा संघको आपत्ति

    खबरपुञ्ज संवाददाता

    २५ फाल्गुन २०७८, बिहीबार

    दमाैली । नेपाल तरुण दल तनहुँले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा एमालेबारे भ्रम फैलाइएको भन्दै राष्ट्रिय युवा संघ तनहुँले आपत्ति जनाएको छ । तरुण दलको बुधबार सम्पन्न तरुण भेलाले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा एमालेबारे अतिरिञ्जित गरी भ्रम फैलाइएको भन्दै युवा संघले बिहीबार विज्ञप्ती जारी गरी आपत्ति जनाएको हो ।

    संघका अध्यक्ष मदन तिमिल्सिनाले प्रतिबद्धतापत्रको नाममा भ्रमपत्र वितरण गरिएको आरोप लगाए । अधिकांश सरकारको नेतृत्व गर्दा नेपाली कांग्रेसले कम्युनिष्टहरुको साहरा लिनु परेको तथ्यलाई स्मरण गराउँदै विज्ञप्तीमा भनिएको छ, ‘कांग्रेसले सरकारको नेतृत्व गरेको बखतमा नै नेपालमा सबैभन्दा धेरै भ्रष्टाचार मौलाएको साथै स्वदेशी उद्योग तथा कलकारखानाहरु बेचेको, नदिनाला बेचेको,बिदेशीको सामु लम्पसार परेको, दलाल पुँजीबादी बर्गको संरक्षण गरेको र राष्ट्रिय अर्थतन्त्र ध्वस्त पार्ने पार्टीको रुपमा कांग्रेस पाटी रहेको नेपाली जनता सामु घाम जस्तै छलङ्ग छ ।”

    No description available.