गोरखा । १३ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा गोरखामा २९ वर्षीय युवक पक्राउ परेका छन् । गत फागुन १९ को राति ललाइफकाई करणी गरेको भन्दै पीडितकी आमाले दिएको जाहेरीका आधारमा युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पीडित र पीडित नाताले मामा– भान्जी पर्छन् । मंगलबार पक्राउ परेका युवकविरुद्ध बुधबार जबरजस्ती करणी शीर्षकमा जिल्ला अदालतमा मुद्दा दर्ता गरी सात दिनको म्याद थप लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।