मेयर कप : निर्मल, बालमन्दिर, चण्डिदेवी र वाराही विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    मेयर कप : निर्मल, बालमन्दिर, चण्डिदेवी र वाराही विजयी

    खबरपुञ्ज संवाददाता

    ३ चैत्र २०७८, शुक्रबार

    दमाैली । व्यास नगरपालिकाको आयोजनामा जारी मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएका खेलमा निर्मल माध्यमिक विद्यालय, बालमन्दिर माध्यमिक विद्यालय र चण्डिदेवी राष्ट्रिय माध्यमिक विद्यालय विजयी भएका छन् ।

    व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयमा जारी प्रतियोगिताको दोस्रो दिन छात्रतर्फ निर्मल मावि र सर्वज्योति माविबीच भएको खेलमा निर्मल ४–० ले विजयी भएको छ । बालमन्दिर माध्यमिक विद्यालय र शिव माध्यमिक विद्यालयबीच भएको दोस्रो खेलमा बालमन्दिर ४–० र चण्डिदेवी माध्यमिक विद्यालय र ज्ञानगङ्गा बोर्डिङ स्कूलबीच भएको तेस्रो खेलमा चण्डिदेवी ३–० ले विजयी भएको व्यवस्थापक विद्यालय निर्मल माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले जानकारी दिए ।

    यसैगरी वाराही आवासीय माध्यमिक विद्यालय र उदय माध्यमिक विद्यालयबीच भएकाे खेलमा वाराही ४-० ले विजयी भएकाे छ ।

    यसैगरी छात्रातर्फ सत्यवती र निर्मल माध्यमिक विद्यालय फाइनलमा प्रवेश गरेका छन् । वाराही आवासीय माध्यमिक विद्यालयलाई ४–० ले पराजित गर्दै सत्यवती फाइनलमा प्रवेश गरेको हो । यस्तै केशवटार माध्यमिक विद्यालयलाई १–० ले पराजित गर्दै निर्मल माध्यमिक विद्यालय फाइनलमा प्रवेश गरेको छ । छात्रातर्फ सत्यवती र निर्मल माध्यमिक विद्यालय फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।