मूढा बुन्न सिकाउँदै व्यास युवा क्लव
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    मूढा बुन्न सिकाउँदै व्यास युवा क्लव

    खबरपुञ्ज संवाददाता

    ५ चैत्र २०७८, आईतवार

    दमौली । व्यास नगरपालिका-४ स्थित व्यास युवा क्लवले मूढा बुन्ने तालिम सञ्चालन गरेको छ। वडामा रहेका विपन्न व्यक्तिहरुलाई उद्यमी बनाएर आत्मनिर्भर गराउने उद्धेश्य सहित क्लवले मूढा बुन्ने तालिम सुरु गरेको हो ।

    क्लवका पूर्व अध्यक्ष एवं तरुण दलका सहसचिव कुमार गुरुङले हरेक व्यक्ति उत्पादनसँग जोडिनुपर्ने बताए ।

    १५ दिने तालिममा १८-४५ वर्ष उमेर समूहका ४० जना सहभागी रहेको क्लवका सचिव मनोज राउतले जानकारी दिए । तालिममा सुकुम श्रेष्ठले सहजीकरण गर्नेछन् ।