दमौली । निर्माण व्यवसायी संघ तनहुँले निर्माणका सामग्रीको मूल्यवृद्धि घटाउन तथा सार्वजनिक खरिद नियमावलीको ११ औ संशोधनमा सुधार गर्न माग गरेको छ। प्रधानमन्त्रीलाई शुक्रबार ज्ञापनपत्र बुझाउँदै संघले उक्त माग गरेको हो।
संघका वरिष्ठ उपाध्यक्ष यज्ञप्रसाद खनालको नेतृत्वमा पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल मार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो।
निर्माण सामग्रीमा भएको अत्याधिक मूल्यवृद्धिले काम गर्न समस्या हुने भएकाले मूल्यवृद्धि घटाउन ध्यानाकर्षण गराइएको संघका कार्यवाहक महासचिव टिकाराम पनेरुले जानकारी दिए ।