माओवादीको ज्येष्ठ कम्युनिष्ट मञ्च गठन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    माओवादीको ज्येष्ठ कम्युनिष्ट मञ्च गठन

    खबरपुञ्ज संवाददाता

    ११ चैत्र २०७८, शनिबार

    दुलेगाैडा । स्थानीय तहको निर्वाचन नजिकएसँगै संगठन विस्तारमा आक्रमक तरिकाले लागिरहेको नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीले ज्येष्ठ कम्युनिष्ट मञ्च र सल्लाहाकार परिषदको नगर कमिटी गठन गरेको छ ।

    डिलबहादुर ढकालको अध्यक्षतामा ज्येष्ठ कम्युनिष्ट मञ्च शुक्लागण्डकी नगर कमिटि गठन गरिएको हो । कमिटीको सचिवमा वेदप्रकाश पोखरेल चयन भएका छन् । सदस्यहरुमा देउनारायण श्रेष्ठ, लोकनाथ पोखरेल, प्रेमबहादुर विक, खमबहादुर गुरुङ, प्रेमबहादुर खाँण ठकुरी, दुर्गाबहादुर श्रेष्ठ, लोकनाथ ढकाल, डिल खड्का क्षत्रेी रहेका छन् ।

    यस्तै रामेश्वर भट्टराईको अध्यक्षतामा सल्लाहाकार परिषदको नगर कमिटी गठन भएको छ । सचिवमा वुद्धिबहादुर भण्डारी चयन भए । सदस्यमा रविलाल विक, नारायणदत्त पौडेल, सम्भरबहादुर कार्की, कमलकान्त पौडेल, जितबहादुर बानियाँ, मोतिलाल गौतम, खड्कबहादुर विक, धर्मदत्त भट्टराई रहेका छन् ।