वडाको टिकट बाँड्ने संसदीय समिति गठन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • राजनीति

    वडाको टिकट बाँड्ने संसदीय समिति गठन

    खबरपुञ्ज संवाददाता

    ११ चैत्र २०७८, शनिबार

    दुलेगौँडा । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रिय कार्य समिति तनहुँ २ ले प्रतिनिधिसभा संसदीय समिति गठन गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनमा वडामा उठ्ने उम्मेद्वारलाई टिकट बाँड्ने क्षेत्रिय प्रतिनिधिसभा संसदिय समिति गठन गरिएको हो ।

    शनिबार भएको क्षेत्रीय कार्य समितिको बैठकले सदस्य मनोनित गर्दै समिति बनाएको क्षेत्रिय सभापति चुडामणि खनालले बताए । नेपाली कांग्रेसको विधान २०१७ को परिच्छेद ३१ (१) क को ३ अनुुसार क्षेत्रिय प्रतिनिधिसभा संसदिय समिति सदस्य मनोनित गरेको उनले बताए ।

    खनालका अनुसार संसदिय समिति सदस्यमा कृष्णराज पण्डित, ईश्वरकुमार श्रेष्ठ, पुर्णबहादुर श्रेष्ठ, सपना पराजुली र मैनादेवी परियार चयन भएका छन् । समिति सभापतिमा क्षेत्रिय सभापति चुडामणि खनाल नै हुनेछ । सचिव जीवन चन्द ठकुरी र सन्तोष घिमिरे हुनेछन् । अन्य पदाधिकारी स्वत सदस्य हुनेछन् ।

    केन्द्रीय सदस्य प्रदिप पौडेल, धुर्व वाग्ले गत प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर २ बाट उम्मेद्वार भएका शंकर भण्डारी पनि समितिको पदेन सदस्य हुने खनालले बताए । ‘समितिले वडाध्यक्षदेखि सदस्यसम्मको टिकट बाँड्नेछ । भए सर्वसम्मत र नभए बहुमतले निर्णय गर्नेछ’, खनालले भने ।

    नियमावलीको धारा ४८ बमोजिम विभिन्न शाखा प्रमुख समेत मनोनित भएका छन् । नीति तथा प्रशिक्षण शाखा प्रमुखमा उपसभापति जीतराज राना, अनुगमन शाखा प्रमुखमा सदस्य कृष्णराज पण्डित, सूचना, सञ्चार एवम् प्रचारप्रसार शाखा प्रमुखमा प्रवक्ता इश्वरकुमार श्रेष्ठ, शिक्षा तथा स्वास्थ्य शाखा प्रमुखमा विजयराज खनाल, तरुण शाखा प्रमुखमा दिपक मल्ल, विकास शाखा प्रमुखमा राम बहादुर रानालाई चयन गरिएको छ ।

    यस्तै, कार्यक्रम तथा समन्वय शाखा प्रमुखमा कुमारी राना, महिला शाखा प्रमुखमा सपना पराजुली, श्रमिक तथा ट्रेड युनियन शाखा प्रमुखमा सञ्जितकुमार पटेनी, कार्यालय व्यवस्थापन शाखा प्रमुखमा लक्ष्मी मल्ल, अभिलेख शाखा प्रमुखमा बुद्धिमान राना, आर्थिक शाखा प्रमुखमा सुन्दर वाग्लेलाई चयन गरिएको छ ।

    नेपाली काँग्रेसको विधान २०१७ को परिच्छेद ३ नियम ११ को ७ (ख) अनुसार कार्य सम्पादन समितिमा सदस्य समेत मनोनित गरिएको छ । कृष्णराज पण्डित, ईश्वरकुमार श्रेष्ठ, पूर्णबहादुर श्रेष्ठ, कुमारी राना, रामबहादुर राना, याममाया थापा, लक्ष्मी वस्ताकोटी, लक्ष्मी विक, सपना पराजुली, दिपक मल्ल र कमला सिग्देल कार्यसम्पादन समितिको सदस्यमा मनोनित भएका हुन् ।