अंहकारले पतनको बाटो समात्ने गर्छ ।राजनीतिबाट त्रसित बनेका आजको युवा पुस्तालाई कसरी राजनीतिको मुल धारमा प्रवेश गराउन सकिन्छ । बिकृती र बिसंगतिलाई मित्र बनाएका आजको युवा समाजलाई कसरी बिचारले प्रभावित बनाउन सकिन्छ हाम्रा विद्यार्थीहरु आज के सिकिरहेका छन् ? कस्तो समाजमा हुर्केका छन् कस्तो समाजमा हुर्काईदैछ ? यो तर्फ सोच्ने फुर्सद हामी कसैलाई छैन फुर्सद छ त ओठे भक्तीगान मात्रै ? मुलत मुलुक संघीयतामा गैसकेपछि स्थानीय तहलाई बलियो बनाउदै घर दैलोबाट नै सेवा प्रदान जनतालाई सहज सुबिधार सहज पहुँचको अवस्था ? बिकास र समृद्धिको लहर कसैलाई काखा र पाखाको भेदभाव हुदैन र नहोस् भन्नू नै हो । हामिले व्यबस्था त परिवर्तन गर्यौ । व्यवस्था बदलियो हाम्रो सोचाइ बदलिन सकेन हाम्रा दृस्ठिकोण बदलिन सकेन त्यसैको व्यवस्था परिवर्तन भयो हाम्रा चिन्तन परिवर्तन हुन सकेन यसैको फलस्वरूप हाम्रा जनप्रतिनिधिहरुले अहिले स्वाद चखाईरहेका छन् । यसैको फलस्वरूप हाल तनहुँको जिल्ला समन्वयले तनहुँ बासिलाई स्वाद पस्किदैछ । यस अगाडि व्यास नगरपालिकाले दमौलीमा बन्दै गरेको सभाहलको नाम बिपि सदन राख्ने निर्णय नै गरेको थियो व्यक्ति फरक अनि स्ट्याम ( छाप ) उहीँ भएपछि जिल्ला समन्वयले त्यसलाई अनुमोदित गरेको खबर संचार माध्यमबाट जानकारी प्राप्त भयो । हुन त समन्वयको काम कर्तव्य र अधिकार व्यास नगरपालिकाको सिफारिसलाई हस,हुन्छ भन्नुभन्दा बढि के नै बुझ्नुपर्ने छ र ? अनुहार फरक हो भने क्षमता नि फरक हो सोंचाई र बिचार पनि फरक होला भनेर बुझ्ने म मूर्ख उस्तै ? मलाई मुर्ख बन्न स्विकार्य नै छ तर विचार र क्षमता फरक होस् सोंचाई अलिक फराकिलो होस् र तनहुँलाई माया गर्ने होस् भन्ने चाहाना अझै बांकी छ म मा ! मैले यश अगाडी पनि व्यासका मेयर बैकुण्ठ न्यौपानेलाई खुल्ला पत्र लेखेको थिए नै ! त्यसको सुनुवाइ भएन हुन्छ भन्ने लागेको पनि थिएन किनकी मलाई थाहा छ गोहिले दु:ध दिदैन बुझीएकै छ मेरो उदेश्य कस्को नाउमा दर्तागर्ने हजुरिया बन्ने भन्ने भन्दा पनि तनहुँमा नै जन्मेर देशका लागि योगदान पुर्याउनेहरुको नाउँमा राखौं यसो गर्दा योगदानको कदर र सबैलाई न्याय हुन्छ भन्ने नै थियो । ( आदिकवी भानुभक्त आचार्य , जनकवी गोकुल जोशी, क्रान्ति नायक एकदेव आले,युगिन कवि क्षेत्र प्रताप अधिकारि ) यी यस्ता व्यक्तिहरुलाई तनहुँले सम्झिदा र सम्मान गर्दा तनहुँका नेतृत्वकर्ताहरुको राजनीति दलहरुको कद घट्छ जस्तो लाग्दैन थियो तर जनतालाई दिउँसो नै रात पर्यो भनेर छलकपट गर्नेहरुले तनहुँमा जन्मिएकालाई सम्झिन सकेनन् र विपि सदनमा ल्याप्से लगाउन पुगे । बिपिको नाउँ राख्दा कांग्रेस बढ्ने भ्रम परेका हरुलाई के थाहा बिपिलाई आफ्नै कारणले, यो कदमले बिपिको सम्मान बढेको छैन भन्ने कुरा ? संघीयताको मर्म र भावना पनि स्थानीय तहलाई बलियो बनाउने स्थानीय स्तरका संस्कृति जोगाउने र स्थानीय स्तरमा समेट्नै पर्ने विषयबस्तुहरुको पाठ्यसामग्री तयार पार्ने तथा लागु समेत गर्ने हो भन्ने लाग्छ तर हामी के गरिरहेका छौ ? चुनाव जितिसकेपछी कम्तिमा साझा देखिने ठाउँमा पनि नाङ्गो नाच नाच्न उदृत छौ हामिहरु ? यसैको ज्वलन्त उदाहरण हो तनहुँ जिल्ला समन्वयले बन्दै गरेको सभाहलको नाम विपि सदन राख्ने निर्णय ? कार्यकाल सकिनै लाग्दा बल्ल ब्युझिने बानी परेका जनप्रतिनिधिहरुले गरेको यो निर्णय किमार्थ स्विकार्य छैन र गरिनेछैन । मेरो भनाई विपि नराखियोस मदन भन्डारी,पुस्पलाल,मनमोहन अधिकारी वा जिवराज आश्रति राखियोस भन्ने हुँदै होइन । होइन समन्वय प्रमुख शान्ति रमण वाग्ले ज्यु हजुरले रोप्नुभएको शान्तिको बिरुवा अशान्ति होस् भन्ने पनि ? तनहुँमा जन्मेर तनहुँकै लागि योगदान पुर्याउने व्यक्तिहरुको सम्मान गर्दा शान्तिलाई अशान्ति हुन्थ्यो होला र ? जिल्ला समन्वय सदा काग्रेंस कै ठेक्कामा पर्छ भन्ने भ्रम छ भने पनि अन्तिम हो यो सोच्नुस ! तपाईंको र मेरो राजनीतिक आस्था फरक छ म राम्रो संग बुझेको छु । आस्थाकै आधारमा नाम राख्नै खोजेको हो भने पनि भोलि अन्य पार्टीको आउँदा नाम परिवर्तन हुन्छ नै हेक्का रहोस् तनहुँ कांग्रेसको किल्ला यो भन्दा अगाडीकै प्रदेश र संघिय चुनावमा उखेलीएको थियो समय परिवर्तनशिल छ जनता परिवर्तनशिल छन् यो चुनावमा स्थानीय तहहरु पनि उखेलिदै छ । अनि तपाईं र तपाईंको पार्टीको समन्वय प्रमुख हुने कार्यकाल यो नै अन्तिम हुन पनि सक्छ । त्यसैले राजनीति नै हो भनेर बुझ्नुभयो भने हामी आउँदा,हाम्रो पार्टीको प्रमुख हुँदा वा अन्य पार्टीको प्रतिनिधिले यो अवसर प्राप्त गर्दा फेरि नाम परिवर्तन हुन्छ नै यो ठोकुवा हो आज नभए भोलि हुन्छ, हुन्छ, हुन्छ र गरिन्छ यदि राजनीति नै गर्न खोजेको हो भने ? फेरि पनि भन्छु नाउँ परिवर्तन गरिनेछ । त्यतिबेला यहाँको भागमा यहाँले रोप्नुभएको पछुतो बाहेक अरु हुने नै छैन ।त्यसैले फेरि पनि भन्छु तनहुँका हाम्रा मोतिहरुलाई सम्झिनुहोस,नजिककको तिर्थ हेला नबनाउनुहोस यसको लागि बहुमत अल्मपतको फगत कुचेस्ठा नगरियोस । तनहुँका हाम्रा गहनाहरु आदिकवी भानुभक्त आचार्य,क्रान्ति नायक एक देव आले, जनकवी गोकुल जोशी,युगिन कवि क्षेत्र प्रताप अधिकारिको नाम राखियोस । तनहुँलाई तनहुँले सम्मान गर्नुपर्छ गरौं यसैमा सबैको भलो छ । एउटा सानो आगोको झिल्कोले संसार डढाउन सक्छ । क्रान्ति अनि बिचार सत्यको आवाजलाई सानो नसम्झिइयोस । आगे यहाँको मर्जी ।
लेखक नेकपा एमाले तनहुँ जिल्ला कमिटी सदस्य एवं अनेरास्ववियु गण्डकीका सचिव हुन्